काठमाडौँ । जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गर्नुभएको छ । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिनुभएको छ ।
सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्नुपरेको उहाँको भनाई छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सङ्कटकालको आवश्यकता भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।
प्रधानमन्त्री आवेले यसअघि यही अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य छ क्षेत्रमा मात्रै सङ्कटकालको घोषणा गर्नुभएको थियो । यी क्षेत्रहरुमा कोरोनाभाइरसको उच्च जोखिम भएकाले सङ्कटकाल लागु गरिएको थियो ।
प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गर्नुभएको थियो । तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उहाँले सङ्कटकालको घोषणा गर्नुपरेको हो ।
उहाँले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ । जापानमा कोरोनाभाइरसका कारण बिहीबारसम्म नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १५० भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ बैशाख २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन