आरडीटी विधिबाट गरिएको परीक्षणमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय (सूचनासहित)

विहीबार, ०४ बैशाख २०७७, १७ : १९
आरडीटी विधिबाट गरिएको परीक्षणमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय (सूचनासहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गरी आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको एक हप्ता पुगेको छैन भने एक हप्तापछि पुनः आरडीटी गराउनुपर्ने बताएको छ । 

संक्रमित व्यक्तिको संसर्गमा रहेकाहरुको आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ ।

हेर्नुहोस्, सूचना