सुर्खेतमा दुई जना पुरुषमा देखियो कोरोना पाजिटिभ

विहीबार, ०४ बैशाख २०७७, १७ : ०८
सुर्खेतमा दुई जना पुरुषमा देखियो कोरोना पाजिटिभ

सुर्खेत । पीसीआर बिधिबाट परीक्षण गर्दा सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरस पाजिटिभ देखिएको छ ।

सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

पीसीआर बिधिबाट नै गरिएको भए पनि थप पुष्टि गर्न काठमाडौ‌ंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप  परीक्षणका लागि पठाउने निर्णय गरेको एक चिकित्सकले बताए ।

ती दुवै नेपाली भारतबाट आएपछि सुर्खेतमा क्वारेन्टाइनमा राखिएको थियो ।