तारे होटललाई क्वारेन्टाइन बनाइने

पत्रपत्रिकाबाट

विहीबार, ०४ बैशाख २०७७, ०९ : ०७
तारे होटललाई क्वारेन्टाइन बनाइने

फाईल फोटो

काठमाडौं । सरकारले कोरोनाको संक्रमण वृद्धि हुँदै गएपछि काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । 

काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको खबर राजधानी दैनिकमा छापिएको छ । 

सरकारले गत १६ गते सहरी विकास राज्यमन्त्री रामवीरमानन्धर तथा स्वास्थय राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस