र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको पोखराकी महिलाको रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०७७, २१ : २६
र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको पोखराकी महिलाको रिपोर्ट नेगेटिभ

पोखरा । र्‍यापिड टेस्टमा कोरोना भाइरस पोजेटिभ देखिएको पोखरा १२ ढिकालेथरकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार दिउँसो गरिएको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पिसिआर मेसिनमा भने नेगेटिभ देखिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पिसिआर मेसिनमा चेकजाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । ‘उहाँको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने,  ‘दिउँसो र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पनि पिसिआर मेसिनमा कोरोना नेगेटिभ आएको छ । भर्खरै रिपोर्ट आएको हो ।’ संक्रमित भनिएकी महिला २७ दिन अघि दुबईमा रहेका आफ्ना छोरोलाई भेटेर फर्केकी थिइन ।