र्‍यापिड परिक्षणमा कोरोना पोजेटिभ देखिएका गुन्जमान अस्पतालका बिरामीको पिसिआर टेस्टमा नेगेटिभ देखिएको पुष्टी

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०७७, २१ : ०९
र्‍यापिड परिक्षणमा कोरोना पोजेटिभ देखिएका गुन्जमान अस्पतालका बिरामीको पिसिआर टेस्टमा नेगेटिभ देखिएको पुष्टी

काठमाडौं । वैदेशिक रोजगारबाट फर्केर होम क्‍वारेन्टाइनमा रहेका चितवन रत्ननगरका एक व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण नेगेटिभ देखिएको छ ।

पिसिआर परिक्षण गर्दा ती ब्यक्तिमा कोरोना नेगेटिभ भएको  प्रयोगशालाका बरिस्ठ ल्याब टेक्नोलोजीस्ट दिपक सुबेदिले बताए । 

कोरोनाको आशंका गरिएका ती ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनको गुञ्जमान सिंह हस्पिटलमा आज र्‍यापिड टेष्ट गरिएको र र्‍यापिड टेस्ट गर्दा ती ब्यक्तिमा कोरोना पोजिटिभ देखिएको थियो।