काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका २९६ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ ।
र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।
सबैको नेगेटिभ आएपनि दुई जनाको पीसीआरका लागि स्वाब पठाइएको कागेश्वरी मनहोरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।
हिजो मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सो अपार्टमेन्टलाई शिल गरेर त्यहाँ रहेका सबैजनाको कोरोना परीक्षण गर्न लागिएको हो । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
बाँकी रहेकाको परीक्षण भोलीबाट गरिने नगर प्रमुख थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै