आरडिटी परीक्षणको क्रममा चितवनमा एक जनामा नतिजा पोजिटिभ

बुधबार, ०३ बैशाख २०७७, १५ : ५४
आरडिटी परीक्षणको क्रममा चितवनमा एक जनामा नतिजा पोजिटिभ

चितवन । चितवनमा ३९ जनाको र्‍यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । 

गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएको गुञ्जमान सिंह अस्पतालले जनाएको छ ।

पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पुन परीक्षणका लागि पठाएको समेत जनाइएको छ ।