र्‍यापिड परिक्षणमा सप्तरीमा दुईजना भेटिए कोरोना पोजेटिभ संक्रमित

बुधबार, ०३ बैशाख २०७७, ११ : १९
र्‍यापिड परिक्षणमा सप्तरीमा दुईजना भेटिए कोरोना पोजेटिभ संक्रमित

राजविराज । र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ ( कोरोना) परीक्षण गर्दा सप्तरीमा २ जनाको नतिजा पोजेटिभ देखिएको छ । 

राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार ७ जनाको ¥यापिड परिक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो। ‘सात मध्ये २ जनाको नतिजा पोजेटिभ आएको छ’–अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले  भने ।

पोजेटिभ दुवैजना सप्तरीकै स्थायी बासिन्दा हुन्। उनीहरु सबैको स्वाबको नमुना संकलन गरी परिक्षण गर्न मंगलबार धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालले जनाएको छ ।

यसैबिच दिल्लीको तबलिकी जमातमा सहभागी भएर फर्केका आठ जनालाई डिमन स्थित एक मस्जिदवाट नियन्त्रणमा लिइएको छ। उनीहरुसंगै ३५ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइ क्वारेन्टाइनमा पठाएको छ । 

भारतका विभिन्न स्थानमा बसोबास गर्ने उनीहरुलाई मस्जिदमै क्वारेन्टाइनमा राखिएको सप्तरीका डिएसपी तिलक भारतीले बताए। उनीहरुसहित सप्तरीमा १२ जना भारतीय नागरिक क्वारेन्टाईनमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस्तै खडक नगरपालिकाबाट २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस