कोरोना कहरसंगै विश्व अर्थतन्त्रमा गम्भीर मन्दी : अन्तर्राष्ट्रिय मुद्रा कोष

बुधबार, ०३ बैशाख २०७७, ०९ : ५७
कोरोना कहरसंगै विश्व अर्थतन्त्रमा गम्भीर मन्दी : अन्तर्राष्ट्रिय मुद्रा कोष

एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना कहरसंगै विश्व अर्थतन्त्रमा गम्भीर मन्दीको अवस्था आउने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बताएको छ । तीव्र गतिमा विश्वभरको आर्थिक गतिविधि गिर्दो क्रममा रहेकाले यो वर्ष विश्वको आर्थिक वृद्धिदर  तीन प्रतिशतको हाराहारीमा रहने आइएमएफले जनाएको छ ।

पछिल्ला केही दशक यताकै गम्भीर आर्थिक संकटको अवस्थामा विश्व पुग्न लागेको आइएफएमले दाबी गरेको छ ।  कोरोना भाइरसको महामारीका कारण विश्वभरको आर्थिक गतिविधि ठप्प प्रायः रहँदा तीव्र गतिमा गिरावट आएको हो ।

अर्थतन्त्रमा आएको गिरावट सन् १९३० को दशकको ग्रेट ड्रिप्रेसन यताकै खराब रहेको आइएमएफले जनाएको छ ।लम्बिँदै गएको महामारीमा त्यसबाट उत्पन्न संकट नियन्त्रण गर्ने सरकार तथा तिनका केन्द्रीय बैंकको क्षमता परीक्षण हुने आइएमएफले बताएको छ ।

आइएमएफकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथनका अनुसार अहिलेको संकटले आउँदो दुई वर्षमा विश्वभर ९ ट्रिलियन अमेरिकी डलर बराबरको कुल ग्राहस्थ उत्पादनमा असर गर्ने छ । विज्ञहरुले महामारी यो वर्षको मध्यमा अन्त्य भएमा आउँदो वर्ष सन् २०२१ मा विश्वको आर्थिक बृद्धिदर ५.८ प्रतिशत पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस