‘कोरोना रोकथाम कोष’मा बराह ग्रुपको १९ लाख आर्थिक सहयोग

कोभिड १९ लाई लक्षित गर्दै १९ लाख नै सहयोग

मंगलबार, ०२ बैशाख २०७७, ०८ : ५८
‘कोरोना रोकथाम कोष’मा बराह ग्रुपको १९ लाख  आर्थिक सहयोग

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुपमा महामारीको रुप लिई रहदा यसको रोकथाम तथा सतर्कतामा सबैले आ–आफ्नो स्थानबाट सहयोग जुटाउन थालेका छन् । नेपाल सरकारले नै यसको रोकथामको लागि सहयोग गर्न आग्रह गरेसंगै गठन गरिएको राहत समिति मार्फत राहत जुटिरहेको छ । 

यसको रोकथामका लागि सबैले सहयोग गरिरहदा बराह ग्रुपले कोभिड १९ लाई लक्षित गर्दै १९ लाख नै राहत तथा उपचार कोषमा सहयोग गरेको हो । सहयोग रकम बराह ग्रुपका अध्यक्ष शिव कुमार लामिछाने बिक मार्फत धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी मार्फत स्थानीय सरकारलाई ४० प्रतिशत र संघिय सरकारी कोषमा ६० प्रतिशत उपलब्ध गराएको छ । 

बराह ग्रुपले काठमाडौ न्युरोड ,पिपलबोट, पाटन, चितवन, पोखरा ,भेडेटार, धरान, हङकङ ,दुबई ज्वेलरी, डायमण्ड, सिल्भर सोरूम, बचत सहकारी, प्रडक्सन हाउस, डिपार्टमेन्ट, कृषि , टाईम्स रेमिट, ईन्द्र बराह ट्राभल्स, बराह प्रोपर्टी सर्भिस संचालन गर्दै आएको छ ।

बराह ग्रुपका अनुसार संकलित रकम संचालक,सल्लाहकार, शुभचिन्तक, कर्मचारी र संस्थागत संकलन गरि हस्तान्तरण गरिएको हो । यसै बिच सो ग्रुपले धरानमा लकडाउनको अवस्थामा होम डेलिभरि, खानेपानी, बचतको रकम घरमा पुर्‍याई सेवा गर्दै आएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस