कोरोना भाइरसको उपचार : जानी राख्नुहोस्­ कुन तहकोे अस्पतालले के काम गर्छ ?

सफल खबर संवाददाता

सोमबार, ०१ बैशाख २०७७, २० : ०५

काठमाडौं । कोभिड १९ को विश्वव्यापी महामारी भइरहेको अबस्थामा नेपाल पनि उच्च जोखिममा परेको मूलुक हो । अहिलेसम्म १४ जनामा रोग देखिए पनि नेपालको स्थिति खतरातर्फ गएको छैन । तर जोखिम कायमै छ । 

हजारौँको परीक्षण गरिएको छ भने हजारौँ मानिसहरु अहिले पनि क्वारेन्टाईन्मा बसिरहेका छन् । सरकारले लकडाउन घोषण गरेको तेस्रो हप्ता भईसकेको छ । नेपालमा पनि सरकारले संक्रमण रोक्न तयारी गरेको छ । सोही अनुसार सरकारले कोभिड तथा अन्य स्वास्थ्य सेवाका लागि अन्तरिम निर्देशिका जारी गरेको छ । जसअनुसार अस्तपालहरुको तह छुट्याएर उपचार थालिएको छ । निर्देशिकामा सरकारले कुन अस्पतालले के काम गर्ने भनेर छुट्याएको छ । 

कहिलेकाही कुन अस्तपालले के काम गर्छ भन्ने नजान्दा पनि विरामीको उपचारमा समस्या हुन सक्छ । त्यसैले अस्पतालले तह अनुसार काम गर्नै भएकाले त्यो तह बुझ्न जरुरी छ । ति अस्पतालहरुले दिने सेवा बारे तल क्रमश उल्लेख गरिएको छ ।

पहिलो तहका अस्पताल 
पहिलो तहमा सवै सवास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र र प्राथमिक अस्पताल रहेका छन् । उक्त तहका अस्पतालले आधारभूत परामर्श तथा प्रेषण सेवा उपलव्ध गराउने छ । उनीहरुले परामर्श दिई शंकास्पद विरामीलाई नजिकको कोभिड क्लिनिक अस्पताल वा तोकिएको कोभिड अस्पतालमा समन्वय गरी सम्भव भएसम्म एम्बुलेन्समार्फत पठाउने व्यवस्था मिलाउने पर्नेछ । 

दोस्रो तहको अस्पताल 
दोस्रो तहको अस्पताल जिल्लास्थित प्रादेशिक अस्पताल, मेडिकल कलेजहरु, कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पतालहरु हुन् । जुन सरकारी र निजी अस्पतालहरु पर्छन् । यसमा मुख्यगरी आइसोलेसन, नमुना संकलन तथा प्रेषणको सेवा उपलव्ध हुने छ । पहिलो तहबाट आएका विरामीहरुको यी अस्पतालले स्क्रिनिंग गर्ने छन् । शंकास्पद विरामीहरुको प्रोटोकल अनुसार आईसोलेसनमा राखेर उपचार गर्न सक्छन् । नमूना संकलन गरी नजिक तोकिएको प्रयोगशालामा पठाउने व्यवस्था दोस्रो तहका अस्तपालले गर्ने हो । 
यस्तै प्रयोगशाला परीक्षणमा पोजेटिभ देखिएका सामान्य केसहरु यो भन्दा माथिल्लो लेबल १ कोभिड अस्पतालमा प्रोटोकल अनुसार पठाउने र जटिल तथा अति जटिल केसहरु लेभल २ कोभिड अस्पतालमा सिधै पठाउनु पर्ने छ ।

तेस्रो तहको अस्पताल 
यसलाई लेबल १ कोभिड अस्पताल भनिन्छ । सामान्य केस व्यवस्थापन यहाँ हुन्छ । अन्तबाट आएका वा यही अस्पतालमा पहिचान भएका विरामीहरुको प्रोटोकल अनुसार आईसोलेसनमा राखी उपचार गर्ने काम यी अस्तपालहरुले गर्छ । 
लेबल १ अन्तरगत आयुर्वेद रिसर्च एण्ड ट्रेनिंग सेन्टर किर्तिपुर, काठमाडौँ मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल भरतपुर, कोभिड अस्थायी अस्पताल विराटनगर, जानकी अस्पताल, बाग्लुंग अस्पताल, अस्थायी कोभिड अस्पताल पोखरा, राप्ती एकाडेमी अफ हेल्थ रिसर्च अस्पताल, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल भैरहवाको भिम अस्पताल, कर्णालीको सुर्खेत अस्पताल र अछाम अस्पताल यसअन्तरगतका अस्पताल रहेका छन् । 

चौथो तहको अस्पताल 
यसलाई लेबल २ कोभिड अस्पताल भनेर घोषणा गरिएको छ । मध्यम र अति जटिल केस यसले हेर्छ । अन्तबाट रिफर भएर आएका विरामीहरु हेर्ने, अति जटिल केसहरु यसले हेर्छ । हाइ डिपेन्डिेन्सी र आईसियू केयर भएका तोकिएका कोभिड अपतालहरुहरुमा प्रोटोकल अनुसार उपचार गर्ने गरिन्छ । 
यस अन्तरगत सुर्खेत ट्रपिकल एण्ड ईन्फेक्सन डिजिज असपताल, पाटन अस्पताल, नेपाल ससस्त्र प्रहरी अस्पताल कोसी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, जानकी अस्पताल, पोखरा एकाडेमी अफ हेल्थ साईन्स अस्पताल, लुम्बिनी अस्पताल, कर्णाली एकाडेमी अफ हेल्थ साईन्स, सुर्खेत अस्पताल र सेती अस्पताल रहेका छन् । 

पाँचौँ तहको 
महत्वपूर्ण अर्काे अस्पताल भनेको लेबल थ्री कोभिड अस्पताल हो । यसमा पुर्वको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज, कामठाडौँ । नेपालगञ्ज मेडिकल कजेल कोहलपुर रहेका छन् । पहिलो तहको कोभिड अस्पतालमा शुरुवात केस, दोस्रो तहको अस्पतालमा अली जटिल केस र तेस्रो तहको कोभिड अस्पतालमा भने शल्यक्रिया सेवा सहित वहुविज्ञ सेवा प्राप्त हुने छ । यसरी सरकराले अस्पतालको तह निर्धारण गरेको छ ।