काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, अस्पताल भर्ना

सफल खबर संवाददाता

सोमबार, ०१ बैशाख २०७७, १९ : २२

काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । तीनै जनाको र्‍यापिड टेष्टमा पोजेटिभ  देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।

 उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ।