कतै कोरोना कहर त कतै दुई देशका सेना बिच भिडन्त, भिडन्तमा तिनजनाको मृत्यु

सोमबार, ०१ बैशाख २०७७, १० : ३२
कतै कोरोना कहर त कतै दुई देशका सेना बिच भिडन्त, भिडन्तमा तिनजनाको मृत्यु

एजेन्सी ।  कोरोना भाइरसको महामारीले संसार आक्रान्त भईरहेका बेला भारत र पाकिस्तानी सेना बिच भिडन्त भएको छ । सिमावर्ती क्षेत्रमा भएको भिडन्तमा तिन जनाको मृत्यु भएको अन्तर्राराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्  । 

कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा भएको उक्त झडपमा तीन जनाको मृत्यु भएको हो। पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ ।

यता पाकिस्तानी सेनाले त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लंघन गरेको आरोप लगाएको छ । भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले जारी गरेको वक्तव्यमा पाकिस्तानले गरेको आक्रमणमा एक महिलासहित तीनजनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस