विरगंजबाट फेला परेका ३ जना कोरोना संक्रमित नेपालमा कहाँ कहाँ घुमे ?

सोमबार, ०१ बैशाख २०७७, ०८ : १७
विरगंजबाट फेला परेका ३ जना कोरोना संक्रमित नेपालमा कहाँ कहाँ घुमे ?

काठमाडौँ । पर्सामा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना भारतको दिल्ली र उत्तर प्रदेशका बासिन्दा हुन् । उनीहरू दिल्ली र उत्तर प्रदेशबाट फारबिसगन्ज (बिहार) हुँदै पुस २ गते १४ जनाको समूहमा नेपाल आएका थिए ।जोगवनी नाकाबाट भित्रिएका उनीहरू फारबिसगन्जबाट रेलमा आएका थिए ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ गते आयोजित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनलाई लक्षित गरेर नेपाल आएका उनीहरू केही दिन सुनसरीको दुहवीमा बसे। त्यहाँबाट सुनसरी सदरमुकाम इनरुवातर्फ लागे। करिब एक साताजति इनरुवामै बसेर उनीहरू सप्तरीको जाजरस्थित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनस्थलतर्फ गएका थिए। सबैतिर पुग्न उनीहरूले सार्वजनिक गाडी प्रयोग गरेका थिए।

उनीहरू सकभर मस्जिद भएका स्थानमै बस्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। सम्मेलन सकेर केही दिन उनीहरू त्यही मस्जिदमा बसेका थिए। उनीहरू मुस्लिम सम्मेलनपछि दिल्ली फिर्ता भएको आशंका गरिए पनि अनुसन्धानमा संलग्न अधिकारीहरूले उनीहरू दिल्ली नगएको दाबी गरेका छन्। मुस्लिम सम्मेलनबाट उनीहरू दिल्ली गए वा सिधै पर्सा गए भन्नेबारे खोजबिन भइरहेको छ। नेपाली सेना र प्रहरीका विशेष टोली यसको अनुसन्धानमा जुटेका छन्।

उनीहरू पर्साको सुगौलीलगायत तीनवटा मस्जिदमा पनि बसेको भेटिएको छ। सरकारले चैत ११ बाट देशभर लकडाउन घोषणा गरेको दुई दिनपछि ९चैत १३ गते० उनीहरू पर्साको सुगौलीस्थित एक मस्जिदबाट वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित श्रीराम हलनजिकै रहेको मस्जिद प्रवेश गरेको भेटिएको छ। उक्त मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका तीन जनासहित २९ जना एकैपटक गएका थिए।

‘आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना पुस २ गते फारबिसगन्जबाट जोगवनीररानी भन्सार हुँदै नेपाल भित्रिएका १४ जना भारतीय मुसलमानको समूहमा थिए,’ प्रहरी र सैनिक उच्च स्रोतले भन्यो, ‘नेपाल आएपछि सुनसरीको दुहबी, इनरुवा, सप्तरीको राजविराज तथा आसपास हुँदै वीरगन्ज आएको देखिन्छ। यकिन मिति र विवरण पत्ता लगाउन प्राविधिक अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस