वीरगंजमा रहेका तिन भारतिय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

आइतबार, ३० चैत्र २०७६, ०९ : ५६
वीरगंजमा रहेका तिन भारतिय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

वीरगंज। भारतको सिमावर्ती जिल्ला पर्साको वीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भइकाृ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगंजबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ र त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । त्यसपछि उनीहरुमा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएपछि र पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाले जानकारी दिएको छ । 

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । शनिबार साँझा काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ। 

प्रतिक्रिया दिनुहोस