एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले कोराना भाइरस पिडितको सहयोगका लागि फ्रान्स फुटबल संघको पहलमा नेयमार लगायत खेलाडीको तलब कटौती गर्ने भएको छ ।
ब्राजिलियन सुपरस्टार नेयमारको तलबमा ५० प्रतिशत कटौती गर्न लागिएको हो । कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजीलमा आफ्नै घरमा बसेका छन् । नेयमारले कोरोना भाइरसविरुद्ध लड्न हालै मात्र युनिसेफ र सोलिडारिटी फन्डमार्फत सात लाख ५० हजार पाउन्ड आर्थिक सहयोग समेत गरेका थिए । युनिसेफले उक्त रकम कोरोनाको संक्रमणबाट पिडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्नेछ ।
यसैगरी फ्रान्स फुटबल संघले पीएसजीका नेयमारसँगै अन्य क्लबबाट धेरै पारिश्रमिक अर्थात् एक लाख भन्दा बढी युरो लिने खेलाडीको पारिश्रमिकमा ५० प्रतिशत, ५० हजार देखि एक लाख युरोसम्म लिनेको ४० प्रतिशत, २० देखि ५० हजार युरो लिनेको ३० प्रतिशत र १० हजार देखि २० हजार युरोसम्म लिनेको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
१० हजार भन्दा कम युरो लिने खेलाडीको पारिश्रमिक भने कटौती नगरिने बताईएको छ । फ्रान्स फुटबल संघले खेलाडीमाथि यस्तो नियम एक महिनाका लागि लगाएको हो । यस नियममा खेलाडी युनियनले पनि सहमति जनाएको छ । युनियनका अध्यक्ष फिलिप पीटले हाल एक महिनाको निर्णय गरिएपनि कहिलेसम्मको कटौती गर्ने भन्ने विषयमा थप छलफल गरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पीएसजीले जित्यो ११औँ पटक लिग वान उपाधि
पीएसजी फ्रान्सेली लीग वानको उपाधिनजिक
पीएसजीको संघर्षपूर्ण जित
पीएसजीले निकाल्यो सहज जित
पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत