किसानको गुनासो : दूधभन्दा पराल महङ्गो

रासस

शनिबार, २९ चैत्र २०७६, ०८ : ३६
किसानको गुनासो : दूधभन्दा पराल महङ्गो

काठमाडौं । “गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के रु भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।”

सिन्धुपाल्चोक जलवीरे स्थायी घर भई यहाँ दूध उत्पादनका लागि व्यावसायिकरूपमा भक्तपुरमा गाई पाल्दै आउनुभएका दीपेन्द्र थापा सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि बन्दाबन्दी ९लकडाउन० घोषणा गरेको १८ औँ दिन बिहान गोठमा बिक्री नभएको दूध पनिरका लागि तताइरहनुभएको अवस्थामा भेटिनुभयो ।

राष्ट्रिय समाचार समिति ९रासस०सँगको कुराकानीमा उहाँले भन्नुभयो, “लकडाउन घोषणा गरेपछि दाना पाउन कठिन भएको, पराल र चोकरको मूल्य आकाशिएको, दाना र घाँस कम भएपछि गाई दुब्लाएर दूध घट्नु स्वाभाविकै हो, अब गाई नै पनि जोगाउन धौधौ पर्ने भो ।”

लकडाउनपछि ठूलो सङ्ख्यामा मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएपछि दूधसमेत बिक्री हुन छाडेको छ । शहरभित्रका धेरै डेरी अहिले बन्द छन्, खुलेका छैनन् । सामान्य अवस्थामा प्रतिदिन २०० लिटरभन्दा बढी दूध बेच्दै आउनुभएका थापाको गोठमा अहिले उत्पादन आधा भएको छ । त्यो पनि बिक्री नभएर पनिर बनाउने तारतम्य मिलाउनुपरेको छ । यहाँका किसानले प्रतिकिलो पनिर रु ५०० मा बिक्री गर्दै आएका छन् । दुई वर्षअघि पाँच रोपनी जग्गा भाडामा लिई करिब रु ३० लाखको लगानीमा व्यवसाय शुरु गर्नुभएका थापाका गोठमा अहिले सानाठूला गरी २६ गाई छन् ।

गाईको स्याहारका लागि परिवारका अतिरिक्त दुई कामदार ९गोठाला० राखेका कृषक थापाले मासिकरूपमा गाईका लागि रु दुई लाखभन्दा बढीको दाना र पराल किन्दै आउनुभएको छ । चोकर प्रतिबोरा रु ६५० र दाना प्रतिबोरा रु दुई हजार ४०० पर्ने भए पनि सहजरूपमा पाउन कठिन रहेको कृषक थापाको भनाइ छ । गाईका लागि गहुँ, पिना, मकै, चना मिसाइएको दाना भारत र पराल तराई क्षेत्रबाट ल्याइने गरेको छ । “दानापानी पेटभरि खुवाउन सकिएमा एउटा गाईले प्रतिदिन २२ लिटरसम्म दूध दिन्छ”, उहाँले भन्नुभयो ।

दूध लिने धेरै ग्राहक गाँउतिर लागेकाले उठाउन पर्ने पैसा धेरै बाँकी रह्यो, अहिले उत्पादन भएको दूध पनि बिक्री हुन्न, बल्लबल्ल पाइएको दाना, पिठो र चोक्कर लिने ठाउँमा नगद देऊ भन्छन् हामीले कहाँबाट ल्याएर किन्ने, साह्रै बिलखबन्दमा परिएको छ, व्यवसायकै विकल्प खोज्नुपर्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ ।

भर्खरै गाईपालन शुरु गरेका कृषक पुरुषोत्तम ढकालले भन्नुभयो, “हामी मात्र होइनाँै, संसारभरकै मानिसको जनजीवन कोरोना भाइरसबाट प्रभावित छ, व्यावसायिकरूपमा कुखुरा, गाई र भैसीपालन गर्दै आएका, न्यून आय भएका श्रमिक वर्ग बढी जोखिममा परेका छन् । गाईलाई दिने भुस्साको मूल्य निकै बढेको छ, दाना पाउनै गाह्रो छ, अहिलेसम्म जसोतसो चलाएका छौँ, अबको चुनौती धान्न अप्ठ्यारो छ, सरकारले ऋणको ब्याज र बीमाजस्ता विषयमा कृषकलाई राहत दिनुपर्छ”, उहाँलेृ भन्नुभयो ।