आइसिसी वरीयतामा : नेपाल एकदिवसीयमा १६औँ र टी–२० मा १५औँ स्थानमा

पत्रपत्रिकाबाट

शुक्रबार, २८ चैत्र २०७६, ०६ : ५६
आइसिसी वरीयतामा : नेपाल एकदिवसीयमा १६औँ र टी–२० मा १५औँ स्थानमा

फाईल फोटो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको एकदिवसीय तथा टी–२० वरीयतामा नेपालको स्थान परिवर्तन भएको छैन । नेपाल एकदिवसीयमा १६औँ र टी–२० पुरुष वरीयतामा १५औँ स्थानमा रहेको आइसिसीले जनाएको छ ।

कोरोना भाइरस महामारीका रूपमा फैलिँदा क्रिकेटसम्बन्धी सबै गतिविधि स्थगित छन् । आइसिसीको पछिल्लो वरीयतामा कुनै पनि स्थान परिवर्तन भएको छैन । एकदिवसीयमा नेपालले १२ खेलबाट दुई सय ३७ अंक जोडेको छ ।

नेपालले २० रेटिङ अंक बटुलेको छ । एसोसिएट राष्ट्रमध्ये नेपाल चौथो स्थानमा छ । एसोसिएटमा नेदरल्यान्ड पहिलो स्थानमा छ । ओमान दोस्रो तथा स्कटल्यान्ड तेस्रो स्थानमा छन् । एकदिवसीय वरीयतामा विश्व च्याम्पियन इंग्ल्यान्ड शीर्ष स्थानमा छ ।

इंग्ल्यान्डले ६७ खेलबाट ६ हजार नौ सय ६७ अंक र एक सय २४ रेटिङ अंक हात पारेको छ । भारत दोस्रो स्थानमा छ । विश्वकपको उपविजेता न्युजिल्यान्डले तेस्रो स्थान रक्षा गर्दा ४७ खेलबाट पाँच हजार चार सय पाँच अंक जोडेको छ । नयाँ पत्रीका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस