लन्डन । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँ गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना हुनु भएको थियो ।
अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ ।
समाचार अनुसार प्रधानमन्त्री बोरिस जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन । मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उहाँ निकै उत्साहित रहेको बताउनु भएको थियो ।
बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताउनु भएको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पनु भएको छ । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए