कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित : अपडेट

बुधबार, २६ चैत्र २०७६, ०८ : ३४
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित : अपडेट

एजेन्सी । विश्व महामारीको रुपमा फैलिदैं गएको कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेछ। विश्वभर मंगलबार एकै दिन थप ७ हजार ३ सय ४१ ले ज्यान गुमाएका छन्।

चीनको वुहान शहरबाट गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण विश्वभर १४ लाख २८ हजार ४ सय २८ मा पुष्टि भइसकेको छ। तीमध्ये ३ लाख १ सय ९८ निको भएका छन्। अमेरिकामा थप २९ हजार ४ सय १२ जना संक्रमित भेटिएका छन्। त्यस्तै १ हजार ९ सय ४२ को थप ज्यान गएको छ। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ४४ पुगेको छ।

इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ। स्पेनमा थप ५ हजार २ सय ६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन्। त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७ सय ४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा इटालीमा ६ सय ४ को मृत्यु भएको छ। यससँगै इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १ सय २७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ।

महामारी सुरुवात भएको चीनमा ६२ जना नयाँ संक्रमित पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। तीमध्ये  ५९ जना अन्य देशबाट आएकामा संक्रमण देखिएको हो। यससँगै चीनमा संक्रमित संख्या ८२ हजार ७ सय १८ पुगेको छ। तर चिनियाँ सञ्चार माध्यम सीजीटीएनले भने ८१ हजार ८ सय २ रहेको उल्लेख गरेको छ।

कुन देशमा कतिको मृत्यु, कति संक्रमित

अमेरिका
संक्रमित : ३,९६,२२३
मृत्यु : १२,८४४
निको : २१,८४९

स्पेन
संक्रमित : १,४१,९४२
मृत्यु : १४,०४५
निको : ४३,२०८

इटाली
संक्रमित : १,३५,५८६
मृत्यु : १७,१२७
निको : २४,३९२

फ्रान्स
संक्रमित : १,१०,०६५
मृत्यु : १०,३४३
निको : १९,५२३

जर्मनी 
संक्रमित : १०७,६६३
मृत्यु : २,०१६
निको : ३६,०८१

चीन
संक्रमित : ८२,७१८
मृत्यु : ३,३३५
निको : ७७,४१०

इरान
संक्रमित : ६२,५८९
मृत्यु : ३,८७२
निको : २७,०३९

प्रतिक्रिया दिनुहोस