‘भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली इँटा भट्टामा भेटिए’

मंगलबार, २५ चैत्र २०७६, २१ : २०
‘भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली इँटा भट्टामा भेटिए’

नयाँ दिल्ली । कोरोनाको सन्त्रास विश्वव्यापी रुपमा फैलिदै गईरहेको बेला संक्रमण भएर उपचाररत रहेर भागेका एक नेपाली भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राति भागेका कोरोना भाइरस संक्रमित एक नेपाली फेला परेका छन् ।

त्यहाँका प्रहरी प्रमुखले जानकारी दिएका छन्। धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएपछि उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो। तर, सोमबार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

बागपतका प्रहरी सुपरिटेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, ‘हामीले १० जनाको टोली परिचालन गरेका थियौं। अहोरात्र काम गरेका थियौं र अहिले पनि फिल्डमै छौं।  ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटा भट्टा नजिकैबाट नियन्त्रणमा लिएको छौं।’

उनका अनुसार ६५ वर्षका ती व्यक्तिको जिल्ला अस्पतालमा कोभिड(१९ को उपचार गरिनेछ। बागपतका प्रहरी प्रमुख यादव भन्छन्, ‘हामी उनी किन भागे भनेर बुझ्न खोज्दैछौं । उनी पीडित हुन्। हामी उनको स्वास्थ्यको हेरविचार गर्छौं।’ चिकित्सककाअनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। खेकडाको अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका उनी एकमात्र व्यक्ति भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस