कपिलवस्तुको आइसोलेशनमा मृत्यु भएका युवकको कोरोना परीक्षण नेगेटिभ

मंगलबार, २५ चैत्र २०७६, २१ : ०६
कपिलवस्तुको आइसोलेशनमा मृत्यु भएका युवकको कोरोना परीक्षण नेगेटिभ

कपिलवस्तु । कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो । एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको थियो । बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उनको उपचार थालिएको थियो । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसंगै उनको शव परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस