संघीय संसदका दुबै सदन बन्द गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार, २४ चैत्र २०७६, १७ : ००
संघीय संसदका दुबै सदन बन्द गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसदका दुबै सदन तत्काललाई बन्द गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले यो सिफारिस गरेको हो । 

कोरोना भाइरस (कोभिड-१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।