अमेरिका । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाघमा पनि देखिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो ।
नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बताइएको छ ।चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन ।
अहिलेसम्म जनावरबाट यो भाइरस मानिसमा सर्न सक्छ भन्ने कुनै आधार फेला परेको छैन । यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको थियो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा