अमेरिका । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाघमा पनि देखिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो ।
नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बताइएको छ ।चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन ।
अहिलेसम्म जनावरबाट यो भाइरस मानिसमा सर्न सक्छ भन्ने कुनै आधार फेला परेको छैन । यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको थियो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव