लकडाउनको निगरानी गर्न रोबोट परिचालन

शनिबार, २२ चैत्र २०७६, १५ : ३३
लकडाउनको निगरानी गर्न रोबोट परिचालन

एजेन्सी । ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको निगरानी गर्न रोबोट परिचालन गरिएको छ । सडकमा हिंड्ने जोकोहीको यसले सुराकी गरिरहेको हुन्छ । 

यसले ती मानिसहरुलाई भेटेर किन बाहिरि निस्किएको भन्दै प्रश्न पनि सोध्छ । ती मानिसले आफ्नो आईडी र अन्य कागजात रोबोटका क्यामेरामा देखाउनुपर्छ, जसलाई हेरेर अधिकारीहरुले उनीहरुको जाँच गर्छन् ।

ट्युनिसियामा कोरोनाका कारण १४ जनाको मृत्यु भइसकेको छ । अहिले लकडाउन दोस्रो सातामा छ । मानिसहरु अत्यावश्यक सामाग्री र औषधी खरिदबाहेक अन्य काममा बाहिर निस्कन पाउँदैनन् । यस उत्तर अफ्रिकी देशमा अहिलेसम्म ४ सय ३६ जनामा संक्रमण देखिइ सकेको छ । इभोना रोबोटिक्स कम्पनीले यस रोबोट निर्माण गरेको हो ।