काठमाडौं । चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण अभियान सुरु गरेका छन् । कोरोना भाइरसको विश्व महामारीकाबीच उनीहरुले सगरमाथा आरोहण सुरु गरेका हुन् । यद्यपी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चीनले विदेशी पर्वतारोहीलाई भने सगरमाथा आरोहणमा रोक लगाएको छ ।
नेपाल-चीन सीमा रहेको संसारको सबैभन्दा अग्लो हिमाल दुबैतर्फबाट चढ्न मिल्छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपालले भने स्वदेशी तथा विदेशी दुबैका लागि यस मौसमको सबै सगरमाथा आरोहण अभियानहरू बन्द गरेको छ ।
सगरमाथा आरोहण गर्नका लागि यतिबेला दुई दर्जनको संख्यामा चिनियाँ पर्वतारोहीहरू शुक्रबारसम्म बेसक्याम्प पुगिसकेको हुने चाइना-तिब्बत पर्वातारोहण संघको सम्पर्कमा रहेका अभियान अपरेटरहरूले जनाए । - एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता