काठमाडौं । चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण अभियान सुरु गरेका छन् । कोरोना भाइरसको विश्व महामारीकाबीच उनीहरुले सगरमाथा आरोहण सुरु गरेका हुन् । यद्यपी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चीनले विदेशी पर्वतारोहीलाई भने सगरमाथा आरोहणमा रोक लगाएको छ ।
नेपाल-चीन सीमा रहेको संसारको सबैभन्दा अग्लो हिमाल दुबैतर्फबाट चढ्न मिल्छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपालले भने स्वदेशी तथा विदेशी दुबैका लागि यस मौसमको सबै सगरमाथा आरोहण अभियानहरू बन्द गरेको छ ।
सगरमाथा आरोहण गर्नका लागि यतिबेला दुई दर्जनको संख्यामा चिनियाँ पर्वतारोहीहरू शुक्रबारसम्म बेसक्याम्प पुगिसकेको हुने चाइना-तिब्बत पर्वातारोहण संघको सम्पर्कमा रहेका अभियान अपरेटरहरूले जनाए । - एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र