कोरोना भाइरस बारे विश्व स्वास्थ्य संगठन र भाइबरले थाल्यो संयुक्त रुपमा गलत सूचनालाई रोक्ने पहल

एजेन्सी

बुधबार, १९ चैत्र २०७६, १४ : २७
कोरोना भाइरस बारे विश्व स्वास्थ्य संगठन र भाइबरले थाल्यो संयुक्त रुपमा गलत सूचनालाई रोक्ने पहल

काठमाडौं । आज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरले कोभिड–१९ को सन्दर्भमाप्रवाहहुने गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका छन्, जुन बहु–भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको एकमात्र उद्देश्यभनेकै भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जानकारी तथा गलत समाचारहरु विरुद्ध जुध्नु हो ।

सही सूचनाको खोजीमा रहेका विश्वका नागरिकहरुलाई सहयोग गर्न यो च्याटबट अँग्रेजी, अरेबिक, रसियन भाषामा उपलब्ध छ र चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गरिनेछ । यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ ।

“लेटेस्ट न्यूज”(हालकोताजा समाचार) लाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिन्छ । अन्यमुख्य खण्डहरुमा “प्रोटेक्ट योरसेल्फ”, “मास्कयुजेज”“ट्राभल रिकम्मेन्डेसन्स”तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँचगर्न एक अन्तरक्रियात्मक“मिथ्स”क्वीज रहेका छन् ।

यसैगरी च्याटबटमा रहेको “डोनेट नाउ” बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारी विरुद्ध लड्न स्थापना गरेको कोभिड–१९ सोलिड्यारिटी रेसपन्स फण्डको लागिआफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस