लकडाउनले जिविकोपार्जनमै समस्यामा  परेका नारायणगढ र ठिमुराका बिपन्न परिवारलाई राहत वितरण

मंगलबार, १८ चैत्र २०७६, २० : १२
लकडाउनले जिविकोपार्जनमै समस्यामा  परेका नारायणगढ र ठिमुराका बिपन्न परिवारलाई राहत वितरण

प्रकास सिग्देल
चितवन । कोरोनाको प्रकोपबाट देशबासीलाई जोगाउन  देशमा लकडाउन भईरहेका बेला गरिब समुदायको दैनिकी असहज बन्दै जान थालेपछि बिभिन्न सामाजिक संघ संस्थाहरुले खाद्ययान्न सहयोग गर्न थालेका छन् ।

लकडाउनले दैनिक ज्यालादारी गरि जिवन गुजार्ने समुदायमा बढि असर गरेपछि अहिले स्थानिय निकायहरुले त्यस्ता समुदायको तथ्यांक संकलन गरि राहत उपलब्ध गराउने तयारी गरेका छन् ।  केहि संघसंस्था तथा ब्यापारिक प्रतिष्ठानहरुले बिपन्न समुदायलाई खाद्ययान्न सहयोग गरेका छन् । मंगलबार मैयादेवी ट्रष्ट नेपाल र रिद्धिसिद्धि खाद्य भण्डार लिलाचोकले १ सय बढि बिपन्न परिवारलाई खाद्य सामाग्री सहयोग गरेको छ ।

बरिष्ठ समाजसेबी उमाशंकर अग्रवालको परिवारले सन्चालन गरेको सो भण्डारले सबै सुरक्षा बिधि पुरा गरी नदि किनार आसपासमा रहेका करिव १ सय ५० परिवारलाई चामल, दाल, केराउ, सोयाबिन, नुन, तेल लगायतको खाद्य सामग्री वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत आफुहरुले लिलाचोक देखी बसपार्क छेउ सम्म नदि किनारमा बसोबास गर्ने दैनिक ज्यालादारी गरेर जिविका चलाउने समुदायलाई खाद्ययान्न सहयोग गरेको समाजसेबी उमाशंकर अग्रवालले बताउनुभयो ।

आफुहरुले सुरक्षाका सबै बिधि प्रयोग गरी स्थानियको ज्वरो समेत नापेर सेनिटाईजरको समेत प्रयोग गरी आवश्यक साबधानी सहित खाद्य सामाग्री प्रदान गरेको युवा ब्यवसायी चन्दन अग्रवालले बताउनुभयो । यो परिवारले बिपदका हरेक समय यस्ता खाले सहयोग गर्दै आएको छ ।

यस्तो अप्ठ्यारो परेको बेला काम गर्न जान पनि नपाईने र खानेकुरा पनि सकिएको भन्ने आफुहरुलाई स्थानियले बताएपछि केही दिनका लागी भएपनि पुगोस भनेर खाद्य सामग्री सहयोग गरेको ब्यवसायी रन्जन अग्रवालले बताउनु भयो । त्यस्तै मैयादेबी ट्रष्ट नेपालले पनि भरतपुर महानगर १ ठिमुरामा रहेका ३२ घर धुरी चेपागंलाई खाद्य सामग्री सहयोग गेरेको छ । प्रतिघर १० केजी चामल, २ केजी दाल, केराउ नुन, भुजा र २ पाकेट सायोविन लगायतको खाद्य सामग्री सहयोग गरेको मैयादेबी ट्रष्ट नेपालका महासचिव समाजसेबी टंकनाथ पौडेलले बताउनु भयो ।

त्यस्तै रामनगरका २ र देबघाट धामका ३ बिपन्न परिवार र नदि  किनारमा बस्दै आएका १ जना खडेबाबा साधुलाई नदि किनारमै पुगेर राहात दिईएको थियो । मैयादेबी ट्रष्ट समाजसेवी पुर्व सांसद मैयादेबी श्रेष्ठको नाममा निमार्ण गरिएको  हो ।  राहत वितरण कार्यक्रममा भरतपुर ब्यारेक कालीबहादुर गणका प्रमुख कर्नेल बिज्ञान खनाल र सिमा सुरक्षा बल आँपटाडीका प्रमुख खेम बहादुर थापा समेत सहभागी रहनुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस