मन्त्रिपरिषद्को बैठक : निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, २२ : २८

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउन सरकारले भनेको छ ।

त्यस्तै सामुहिक क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई खाने व्यवस्था स्थानीय तह र संघीय सरकारले व्यवस्था गर्ने भएको छ । त्यस्तै कोरोना उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ ।