अमेरिकाले नेपाललाई १८ लाख डलर सहयोग गर्ने

एजेन्सी

शनिबार, १५ चैत्र २०७६, २० : २४
अमेरिकाले नेपाललाई १८ लाख डलर सहयोग गर्ने

काठमाडौं । कोरोनाभाइरसको महामारीसँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर (करिब (साढे २१ करोड नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ ।

अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो ।

अमेरिकाले सम्भावित महामारीको पहिचान गर्न र त्यससँग लड्न तयारी गर्न दक्षिण एसियामा १० लाख डलर सहयोग पनि गर्नेछ ।