पाकिस्तानमा तिनजना पत्रकार कोरोना संक्रमित

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, २२ : ५३
पाकिस्तानमा तिनजना पत्रकार कोरोना संक्रमित

इस्लामाबाद । कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त बनाइरहदा पाकिस्तानमा तीनजना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तानका संचारमाध्यमका अनुसार दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई (कोभिड १९) को संक्रमण देखिएको त्यहाको डेली टाइम्स अनलाइनले जनाएको छ । तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन। उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए।

यता, टीभ च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौ। उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ। हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौ।’

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन्। यस्तै पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरले भनेका छन्, ‘ प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन्।हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍वारी लिन आग्रह गरेका छौ।’ पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमण तिब्ररुपले गांज्दै गएको छ ।