प्रचण्ड नर्भिक अस्पतालमा, प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

आइतबार, ०३ मंसिर २०७४, १२ : २८
प्रचण्ड नर्भिक अस्पतालमा, प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

पुत्र शाेकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पतला पुगेका छन् ।

पुत्र प्रकाश दाहालको निधन भएपछि प्रचण्ड झापाबाट लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुगेका हुन् ।

प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा थिए ।

पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किएका हुन् ।

प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको छ ।

३६ बर्षिय प्रकाशको आइतबार बिहान हर्ट अट्याक भएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।

प्रकाशको २०३८ साल असार १७ मा जन्म भएको थियो । उनको दुई श्रीमती र दुई छोरा रहेका छन् ।

पार्टी स्रोतका अनुसार प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय पेरिसडाँडा लगिनेछ ।

प्रतिक्रिया दिनुहोस