कोरोना भाइरस

इटालीमा थप ७ सय ४३ जनाको मृत्यु

बुधबार, १२ चैत्र २०७६, ११ : ५४
इटालीमा थप ७ सय ४३ जनाको मृत्यु

साङ्केतिक फोटो

एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) बाट इटालीमा थप ७ सय ४३ जनाको मृत्यु भएको छ ।

इटालीको नागरिक सुरक्षा विभागले मंगलबार २४ घण्टाको अवधिमा थप ७ सय ४३ जनाको मृत्यु भएको जनाएको छ। सोमबार संक्रमणबाट ६ सय २ जनाको मृत्यु भएको थियो।

इटाली पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक बनेको छ। हालसम्म संक्रमणका कारण त्यहाँ ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ भने ६९ हजार १ सय ७६ जनामा संक्रमण पुष्टि भइसकेको छ।

रोयटर्सले आफ्नो समाचारमा त्यहाँको नागरिक सुरक्षा विभागलाई उद्धृत गर्दै संक्रमितको संख्या सार्वजनिक भएभन्दा १० गुना बढी हुनसक्ने जनाएको छ।

उसले इटालीमा गम्भीर लक्षण देखिएकालाई मात्र परीक्षण गरिएकाले संक्रमितको वास्तविक संख्या यो तहमा हुनसक्ने जनाएको हो।

बितेका दुई सातादेखि ुलकडाउनुमा रहँदै आएको इटालीका लागि यो निराशाजनक आँकडा हो।

संक्रमण रोकथामका लागि इटालीले आफ्ना नागरिकहरूलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्र नै बस्न भन्दै आइरहेको छ।

मानिसहरूको अनावश्यक आवतजावत रोक्न इटालीले यसअघि नियम उल्घंन गर्नेलाई तोकेको  २०६ युरोको जरिवानालाई ३ सय युरो पुर्‍याएको छ।

देशमा संक्रमणको असर कम नभएपछि इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेल्न आग्रह गरेका छन् ।

ुसबैले नियम माने उनीहरूले आफू र आफ्ना प्रियजनलाईमात्र जोगाउँदैनन्, उनीहरूले यस आपतबाट पूरा देशलाई निकाल्न मद्दत गर्नेछन्ु, कोन्टेले भने ।