CG Landmark

बेलायतमा एक नेपाली महिला कोरोना भाइरस संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, ०८ : १९
बेलायतमा एक नेपाली महिला कोरोना भाइरस संक्रमणमुक्त

काठमाडौं । बेलायतमा कोरोना भाइरस पुष्टि भएकी एक नेपाली महिला निको भएर घर फर्किएकी छिन् ।  उनी मंगलबार निको भएर घर फर्किएकी हुन् । गत शुक्रबार लण्डनको नर्थविक पार्क अस्पतालमा भर्ना भएकी उनी निको भएको एनआरएन आईसीसी सदस्य रामशरण सिम्खडाले जानकारी दिए । 

स्यांजा घर भएकी भगवती रानाभाटलाई कोरोनाको संक्रमण भएको थियो । उनले सामाजिक सञ्जालमार्फत नै आफूलाई कोरोना भएको सार्वजनिक गरेकी थिइन् । यसअघि बेलायतमा एक नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

Yeti Diistillery Tansen Cement box