काठमाडौं । भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ ।
मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भन्नुभयो, “विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।”
“अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।”
दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कफ्र्यू) को सज्ञा दिएको छ ।
भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ चैत्र २०७६, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै