कोरोनासम्बन्धी सन्देश जारी गर्दै यस्तो लेखे पूर्वयुवराज पारसले

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १७ : ३१
कोरोनासम्बन्धी सन्देश जारी गर्दै यस्तो लेखे पूर्वयुवराज पारसले

फाईल फोटो

काठमाडौं । पूर्वयुवराज पारस शाहले मानवमाथि आइपरेको महामारीको जोखिम एकजुट भएर सामना गर्न अपील गरेका छन् ।  मंगलबार आफ्नो निजी फेसबुक पेजमा नेपाल लकडाउनसम्बन्धी सन्देश शेयर गर्दै पारसले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

पूर्वयुवराज पारसले भनेका छन्, ‘महासागर र सिमानाका परिधिभन्दा माथि मानवजातिमा आइलागेको महामारीको जोखिम हामीले सामूहिक रुपमा सामना गरिराखेका छौं । जीवन गुमाएका र अन्य मानव समुदायलाई दृष्टिगत गर्दै, कोरोना भाइरस नियन्त्रण गर्ने हामी सबैले संकल्प गरौं । एकजुट भएर कोरोना भाइरसको सामना गरौं ।’

नेपाल लकडाउनको सन्देशमा घरभित्र बस्ने, आफैं अलग्ग बस्ने, घरभित्र सुरक्षित बस्ने, सामाजिक दुरी, नीजि दुरी कायम गर्ने जस्ता सूचना उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस