अस्ट्रेलियामा २ हजारमा कोरोना भाइरस देखियो

एजेन्सी

मंगलबार, ११ चैत्र २०७६, १५ : ३९
अस्ट्रेलियामा २ हजारमा कोरोना भाइरस  देखियो

फाईल फोटो

काठमाडौं । अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या २ हजार पुगेको छ भने ८ जनाको मृत्यु भएको छ । मृतक र संक्रमितको संख्या बढेसँगै सरकारले थप कडाई गर्नेबारे सोच्दैछ । प्रधानमन्त्री स्कट मोरिर्सनले आज क्याविनेटमा छलफल गर्ने भएकाले दोस्रो चरणका नियम घोषणा हुनेबारे अनुमान गरिएको छ ।  

अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले दोस्रो चरणमा के हुनेछ भन्नेबारे स्पष्ट पारेनन् । तर, आजै राती यस विषयमा छलफल हुने बताए ।