कोरोना अस्पालतमा निधन भएका यादवमा मिर्गौला रोग

मंगलबार, ११ चैत्र २०७६, १४ : २५
कोरोना अस्पालतमा निधन भएका यादवमा मिर्गौला रोग

चितवन । भरतपुरस्थित कोरोना बिशेष अस्पतालमा निधन भएका बीरगञ्ज महानगरपालिका २२ का जगन्नाथपुरका ३० बर्षिय सन्तोष यादव मिर्गौला रोगका बिरामी भएका खुलेको छ ।

अस्पतालले आज दिउसो जारी गरेको बिज्ञप्तीमा यादवलाई लुपस रोगले मृगौला कमजोर बनाएर ज्यान गएको जनाइएको छ । उनलाई ज्वरो र निमोनिया समेत देखिएपछि चैत ९ गते राती १० बजे चितवन मेडिकल कलेबाट रिफर गरी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीका अनुसार यादवलाई आज बिहान ९ः३० बजे मृत घोषित गरिएको थियो । उनको स्वावको नमुना सोमवार परिक्षणका लागि काठमाण्डौ पठाइएको छ । स्वावको रिपोर्ट आउन वाँकी रहेको छ । मृत शरिरलाई अहिले आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

‘उनी मिर्गौला र लुपस रोगबाट पीडित रहेछन्, भरतपुरकै चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेकोमा केही दिनअघि ज्वरो आएपछि कोरोना विशेष अस्पतालमा ल्याएर जाँच गरिएको थियो’, प्रवक्ता डा। अधिकारीले भने, ‘हामीले कोरोना आशंकामा परीक्षणका लागि नमूना काठमाडौं पठाएका छौं, त्यसको रिपोर्ट आएको छैन।’