कोरोना अस्पतालमा एक बिरामीको मृत्यु, कोरोना पुष्टि भएको छैन

मंगलबार, ११ चैत्र २०७६, १२ : १८
कोरोना अस्पतालमा एक बिरामीको मृत्यु, कोरोना पुष्टि भएको छैन

चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको छ ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । 
उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।