युएईमा कोरोना भाइरस संक्रमित दुई नेपाली उपचार पछि स्वस्थ्य

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, २२ : ०१
युएईमा कोरोना भाइरस संक्रमित दुई नेपाली उपचार पछि स्वस्थ्य

काठमाडौं । नेपालमा कोराना भाइरसका संक्रमित बिरामी फेला पर्दै गईरहेको बेला युएईमा कोरोना भाइरस संक्रमण भएका दुई नेपाली स्वस्थ भएका छन् ।  

यो सँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् । यता नेपालमा अहिले सम्म दुई जना कोरोना भाइरस संक्रमित भएका बिरामी फेला परेका छन् । ति मध्ये एकजना चीनबाट आएका निको भएर घर फर्किसकेका छन् ।

आज सोमबार फ्रान्सबाट आएकी एक युवतीमा संक्रमण देखिएको छ । संक्रमित बिरामीलाई आईसोलेसनमा राखिएर उपचार थालिएको छ ।