ला लिगा अनिश्चित कालका लागि स्थगित

एजेन्सी

सोमबार, १० चैत्र २०७६, २१ : ३९
ला लिगा अनिश्चित कालका लागि स्थगित

एजेन्सी । कोरोनाको महामारी फैलिएपछि स्पेनमा स्पेनिस ला लिगा लगायत सम्पूर्ण फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

स्पेनिस सरकारले कोरोनाको महामारी समाप्त भएको घोषणा नगरेसम्म स्पेनिस फुटबल महासंघ र ला लिगाले फुटबलका सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो । अहिले साविक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई दुई अंकले पछि पारेको छ ।

रियलको ५६ अंक छ । तेस्रो स्थानमा रहेको सेभिल्लाको ४७ अंक छ । कोरोनाका कारण स्पेन सरकारले अहिले अप्रिल ११ तारिखसम्म देशमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।