कोरोनाभाइरस विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको एक करोड

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १८ : ०७
कोरोनाभाइरस विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको एक करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोनाभाइरस कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको ‘कोरोनासंक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषमार्फत १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ । 

कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । 

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाईनिरन्तरता दिँदै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस