कोराना भाइरस संक्रमित युवती नेपाली भएको खुलासा (अपडेट)

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १२ : ४५
कोराना भाइरस संक्रमित युवती  नेपाली भएको खुलासा (अपडेट)

काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन्।

फ्रान्सबाट काठमाडौं आएका  नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको पछि उनी कोरोना संक्रमित भएको खुलासा भएको छ । फ्रान्सबाट आएका उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले जानकारी दिए।

उनको सम्पर्कमा आएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी १९ वर्षीया युवती रहेको र अस्पतालमा उपचाररत रहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस