कोरोना सन्त्रास : युरोप महादेश भित्र करिब ९ हजार जनाले ज्यान गुमाए, इटालीको अवस्था कहाली लाग्दो,

एजेन्सी

सोमबार, १० चैत्र २०७६, ०८ : १४
कोरोना सन्त्रास : युरोप महादेश भित्र करिब ९ हजार जनाले ज्यान गुमाए, इटालीको अवस्था कहाली लाग्दो,

रोम  ।  चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अहिले चीनमा संक्रमण दर न्युन भएपनि युरोपमा हवात्तै फैलिएका ेछ । युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ। शनिबारको तुलनामा केही कम भए पनि इटालीमा मृतक र संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो ।

सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्।त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार ७ सय ५६ पुगेको छ। आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको छ। स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६सय ३ रहेको छ।

त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ। फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ भने एक हजार २८ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ८५ पुगेको छ भने २१ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ।  त्यस्तै अमेरिकामा पनि आइतबार अहिलेसम्मकै बढी ११७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार ५ सय ४६ रहेको छ।

सोमबार बिहानसम्म चीनमा ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४जनामा संक्रमण देखिएको छ। पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७२ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।

त्यहां संक्रमण र मृत्यु दर दिन प्रति दिन बढदै जान थालेपछि सरकारले निकै कडा नियमहरु बनाएको छ । युरोप अन्र्तगतका विभिन्न देशका शहरहरु सुनसान जस्तै छन् । मृत्यु हुनेहरुमा अधिकांश बृद्धबद्धा रहेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुको जनाएको छ ।  (एजेन्सी)

प्रतिक्रिया दिनुहोस