बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना

आइतबार, ०९ चैत्र २०७६, १५ : ५४
बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना

काठमाडौँ । बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बहराइनस्थित नेपाली राजदूतावासले तीनजना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको र थप तीन जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

करिब ३५ हजार नेपाली रोजगारीको सिलसिलामा बहराइनमा छन् । बहराइनमा हालसम्म कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने ३ सय १० जनामा संक्रमण देखिएको छ ।