टेकु अस्पतालमा कोरोनाका शंकास्पदको मात्र जाँच हुने

आइतबार, ०९ चैत्र २०७६, १५ : ३०
टेकु अस्पतालमा कोरोनाका शंकास्पदको मात्र जाँच हुने

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको मात्र जाँच हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता सागर दहालका अनुसार त्यहाँ रहेका एचआइभी संक्रमित लगायत अन्य विरामीलाई अन्य उपयुक्त अस्पतालमा सारिनेछ । यसबारे के गर्ने भन्नेबारे सोही अस्पताललाई नै निर्देशन दिइएको दाहालले जानकारी दिए ।

हालसम्म नेपालमा अन्य संक्रमित भेटिएका छैनन् । यसअघि चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको भनिएका बिरामीको  उपचारपछि निको भएको सरकारले दाबी गरेको छ ।