भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, दिन प्रति दिन संक्रमण बढ्दो

आइतबार, ०९ चैत्र २०७६, १० : ५६
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, दिन प्रति दिन संक्रमण बढ्दो

सांकेतिक तस्बिर ।

एजेन्सी ।  भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । महाराष्ट्रको प्रदेश अन्र्तगत मुम्बईको रिलायन्स अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

५६ वर्षका ती व्यक्ति  हिजो शनिबार मात्रै अस्पतालमा भर्ना भएका थिए । महाराष्ट्रमा मात्रै अहिलेसम्म ७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जस मध्ये १० जना नयाँ संक्रमित हुन् ।

भारतमा दिन प्रति दिन कोरोना संक्रमित बिरामीको संख्या बढदै जान थालेपछि विभिन्न प्रदेशहरुमा कडा सतर्कता अपनाईएको छ ।

यसको संक्रमण फैलन नदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज जनता कप्mर्यु घोषणा गरेका छन् । सो कर्फयूका कारण आज अति आवश्यक साधन बाहेक सबै ठप्प जस्तै बनेको छ ।