कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख नाघ्यो

आइतबार, ०९ चैत्र २०७६, ०८ : ३३
कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख नाघ्यो

एजेन्सी । कोरोना भाइरस संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १२ हजार ९ सय ४४ पुगेको छ । चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । 

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन् ।