काठमाडौँ । नेपाल आयल निगम कर्मचारी सङ्घले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । सङ्घले विज्ञप्ति जारी गरी सबै कर्मचारीलाई उपभोक्ताको हकहितमा रहेर काम गर्न र आवश्यकतानुसार बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको उपलब्धता नभएमा नेपाल सरकार तथा नेपाल आयल निगमले खटाएको जुनसुकै समयमा बजार अनुगमन तथा सुपरीवेक्षण गरी थप सहजता ल्याउने कार्यमा लाग्न अनुरोध गरेको छ ।
सङ्घका अध्यक्ष गोपालचन्द्र राईद्वारा जारी विज्ञप्तिमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थ जस्तो आमजनतासँग दैनिक रुपमा सरोकार राख्ने वस्तुको सहज र सरल आपूर्तिको व्यवस्था मिलाउनका लागि सबै निगमका कर्मचारीहरु एक जुट भई कार्य गर्नुपर्ने देखिन्छ । विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यस प्रकोपमा नेपाली नागरिकलाई ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा संकट हुन नदिनको लागि हामी हाम्रो जिम्मेवारी र कर्तव्यप्रति निष्ठ रहदै आएका छौँ ।’
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ चैत्र २०७६, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ग्यास सिलिन्डर पड्किँदा आगलागी
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु